चोलेन्द्रको पक्षमा आन्दोलन गर्ने ५० जना पक्राउ
काठमाडौं– आन्दोलनरत न्यायाधीशहरुको विरोधमा उत्रिएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्षधरका ५० जना पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएका ५० जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।
यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप समेत भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।