५० हजार कार्यकर्ता काठमाडौं उतार्ने प्रचण्ड-नेपाल समुहको तयारी - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

५० हजार कार्यकर्ता काठमाडौं उतार्ने प्रचण्ड-नेपाल समुहको तयारी



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले काठमाडौँ उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ।

संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले राजधानीको भृकुटीमण्डपमा आमसभा गर्न लागेको हो।

आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विभिन्न अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेताकार्यकर्ताहरु आमसभामा सहभागी हुने छन्। आमसभामा ५० हजारभन्दा बढीको सहभागिता गराइने विद्यार्थी नेता रञ्जित तामाङले जानकारी दिएका छन्।

काठमाडौँका विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुनेछ।