देउवा निवासमा ओलीले दिए प्याकेजमै अफर - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवा निवासमा ओलीले दिए प्याकेजमै अफर



काठमाडौं- दलबलसहित पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति देउवाले रित्तो हात फर्काएको प्रचार गरिएपछि कांगेसका नेताहरू भने आन्तरिक छलफलमा जुटेका छन् ।

बाहिर विश्वासको मत ओलीले मागेको र कांग्रेसले अस्विकार गरेको भनिएपनि भित्र भने प्याकेजमा छलफल भएको स्रोतले बताएको छ । कांग्रेसको संवैधानिक संकट र केहि शक्तिशाली मन्त्रालयबारे बुढानिलकण्ठमा छलफल भएको स्रोतको दाबी छ ।

महाधिवेशन समयमा गर्न नसकेकोले कांग्रेसलाई संवैधानिक संकट आइपरेको छ । संवैधानिक संकट टार्नकालागि कांग्रेसलाई ओलीको साथ् चाहिने जानकारहरूले बताउने गरेका छन् । यसअघि पनि संवैधानिक संकट टारिदिने आस्वासनमा ओलीले देउवाको साथ् पाउँदै आएका थिए ।

बैसाख २७ गते विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री ओलीसहित उनी निकट एमाले नेताहरु छलफल सकेर बाहिरिएपनि नेपाली कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छ ।

बुढानिलकण्ठमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुबीचको वार्ता सकिएपछि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।