पाँच वर्षिया नम्रतालाई मुख्यमन्त्रीले कक्षा एकमा भर्ना गरे - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

पाँच वर्षिया नम्रतालाई मुख्यमन्त्रीले कक्षा एकमा भर्ना गरे



धनगढी ,कैलाली । शैक्षिक सत्र २०७५ का लागि सात नम्बर प्रदेशमा आजबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको मनेहरा स्थित सरस्वती माविवाट आज बिहान नयाँ विद्यार्थीलाई भर्ना गराएर अभियानको औपचारिक उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगपालिका ७ की ५ बर्षीय नम्रता रानालाइ मुख्यमन्त्री भट्टले कक्षा १ मा भर्ना गराउदै अभियानको सुरुवात तरिएको हो । मुख्य मन्त्री मार्फत पाठ्यपुस्तक ग्रहण गर्दै नम्रता र सामाजिक विकास मन्त्री दीर्घ सोडारी मार्फत देवकी राना सरस्वती माविको कक्षा १ मा भर्ना भइन् ।

प्रदेशका विद्यार्थी भर्ना अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले राज्यले गरेरेको लगानी परिणाममुखी नहुनुको कारण शिक्षामा नीतिगत त्रुटी प्रमुख रहेको बताए । ‘शिक्षामा लगानी बालुवामा पनि सरह भइरहेको छ ।’ मुख्यमन्त्रीले भने ‘अब यस्तो हुने छैन ।’

आगामी आर्थिक बर्षको प्रादेशिक सरकारको बार्षिक बजेटमा व्यवसायीक शिक्षा र शिक्षा नीतिलाई विशेष जोड दिइने उनले बताए । देवकी रानालाई भर्ना गराएका सामाजिक बिकास मन्त्री दीर्घ सोडारीले सात नम्बर प्रदेशमा विद्यार्थी भर्ना दर शतप्रतिशतमा पु¥याउने बताए ।

‘हामी शतप्रतिशत नतिजा दिन्छौ, त्यसका लागि माध्यामिक शिक्षाको क्षेत्राधिकार पाएका स्थानीय तहका जनप्रतिनिधिले सजग रहनुपर्छ’ उनले भने । कैलालीमा बैशाख १४ गतेसम्म औपचारिक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन हुने जनाइएको छ । त्यसपछि पनि घरदैलो कार्यक्रम राखेर विद्यालय उमेरसमुहका बालबालिकालाई विद्यालय भर्ना गर्ने कतिपय स्थानीय तहले योजना बनाएका छन् ।

कैलालीमा अझै पनि ४ प्रतिशत वालवालिका विद्यालयको पहुँचमा पुग्न नसकेको तथ्यांक छ । व्यवस्थापन समिति र शिक्षक र अविभावक मार्फत शतप्रतिशत विद्यार्थी भर्ना गराउने लक्ष्य जिल्ला शिक्षा कार्यालय कैलालीले लिएको छ ।

कैलालीका जिल्ला शिक्षा अधिकारी गणेश वहादुर सिंहले भने ‘हामी फरक क्षमता भएका विद्यार्थीलाई पनि भर्ना गर्न पहल गरिरहेका छौं ।’ पहिलो पटक तीन वटै तहको सरकारको नेतृत्वमा भइरहेको भर्ना अभियान कति सार्थक बन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।