प्राविधिक अध्ययन नहुँदा आकाशे पुल निर्माणमा ढिलाइ ,सबै पुल बन्न अझै ६ महिना समय थप्नुपर्ने
आचार्य प्रदीप /बुटवल ।
बेलहिया–भैरहवा–बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण प्रक्रियामा रहेका पुल तोकिएको समयमा पुरा नहुने भएका छन् । प्राविधिक अध्ययन बिना नै निर्माण प्रक्रिया सुरु गरीदा पुल निर्माणमाम ढिलाइ भएको हो ।
आउँदो असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने गरी १५ महिनाको अवधिमा निर्माण पुरा गर्ने निर्माण कम्पनीले बताएको थियो । तर ४ आकाशे पुल मात्र यो आर्थिक वर्ष अन्त्य सम्ममा निर्माण भइसक्ने आयोजनाले जानकारी दिएको छ ।
२०७३ चैत्र २३ गतेबाट सुरु भएको निर्माण प्रक्रियामा रहेका आकाशे पुलको ४० प्रतिशत काम भएको आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए । १२ करोड रुपैयाँ लागतमा २०७५ असार मसान्त सम्म सक्ने गरी सम्झैता भए पनि बिच बिचमा केही समस्या आएका कारणले केही समय ढिलो भएको आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठका अनुसार पुलका लागी आवश्यक पिलर सबै स्थानमा बनिसकेका छन् भने भुईँको जग बन्यो, माथि निस्कनको लागी ¥याम्प बन्दै छ । भ¥याङ्ग निर्माणको कार्य तित्र्र गतिमा अगाडि बढिरहेको छ । हरेक पुलमा ३ भ¥याङ्ग आवश्यक रहेकोमा १ वटा सबैमा बनिसकेको उनले जानकारी दिए ।
४ पुल तयार हुने
बुटवल बेलहीया सडक खण्डमा पर्ने ४ आकाशे पुल मात्र यो चालु आर्थिक वर्षमा पुरा हुने भएका छन् । चालु आर्थिक वर्षको मसान्त सम्म ड्राईभर टोल, कालीका स्कुल, मिलनचोक र चौराहाको आकाशे पुल निर्माण भइसक्ने इन्जिनियर श्रेष्ठले बताए । उनले भने –‘ हामी सबै नयाँ भयौँ, निर्माण कम्पनीले पनि पुल बनाएको थियो आकाशे पुल बनाएको रहेनछ । ’
ड्राईभर टोल माथि पुल निर्माणका लागी स्टक्चर थोरै भएको आयोजनाले जनाउँदै आकाशे पुलको काम काम मसिनो भएकोले समस्या भएको बताएको छ ।
आकाशे पुल निर्माणको लागी स्टक्चर एकैपटक उठाउन नसकिने आयोजनाले जनाएको छ । २८ दिन ढलान राख्नु पर्ने आवश्यक रहेको इन्जिनियर श्रेष्ठले बताए ।
निर्माण कम्पनी महादेव, खिम्ती, एसियाटिक, महेश जेभीसँग सम्झौता भएको बताउँदै सम्पूर्ण (१० वटै) पुल निर्माणको लागी मङ्सिर मसान्त सम्म निर्माण भइसक्ने जानकारी दिए ।
६ महिना म्याद थपीँने
बुटवल बेलहीया सडक खण्डमा बनाइने १० पुल सबै निर्माणको लागी अझै बढीमा ६ महिना समय थप हुने आयोजनाले जनाएको छ । आयोजनाको लागत पूर्व तोकिएकौ रकम हुने बताउँदै १२ करोड रुपैयाँ लागतमा नै निर्माण सकिने आयोजनाका इन्जिनियर श्रेष्ठले बताए ।
उनले भने –‘कुनै पनि आयोजनाको समय सीमा थप्न काराण देखाउनु पर्छ हामी सँग पनि बन्द हडताल, बर्खाको समय,पहिलो पटकको कार्य लगायतका कारणहरू छन् ।’
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै आकाशे पुल
बुटवल बेलहीया सडक खण्डमा पर्ने आकाशे पुलहरू अन्तर्राष्ट्रिय न्यूनतम मान्यता भन्दा अझै अग्ला हुने आयोजनाले जनाएको छ । सडक बिस्तारको कारणले पुलमा केही क्षति नुहने आयोजनाले जनाएको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आकाशे पुलको उचाइ चार दशमलव ७५ मिटर वा सो भन्दा बढी उचाइ भएको बनाउनु पर्ने रहेको बताउँदै इन्जिनियर श्रेष्ठले हाल बन्दै गरेको पुल ५ मिटर अग्लो हुने बताए ।
अपवादमा नआए सम्म पुलको कारणले केही समस्या नआउने बताउँदै आयोजनाले ५ मिटर भन्दा बढी उचाइ भएको सवारी आएको खण्डमा सर्भिस रोडको प्रयोग गरिने जनाएको छ ।
बुटवल क्षेत्रमा ७ वटा र भैरहवा क्षेत्रमा ३ वटा गरी बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण भईहेका छन् । बुटवल क्षेत्रमा ड्राइभर टोलमा, योगिकुटीमा, होराइजन चोक र कालीका विद्यालयको बिचमा, राजमार्ग चौराहामा, मिलन चोकमा, बसपार्क र आन्तरिक राजश्व कार्यालयको बिचमा, र ट्राफिक चोकमा गरी ७ वटा आकाशे पुल निर्माण भइरहेका छन् भने भैरहवा क्षेत्रको बुद्ध चोक र बर्मेली टोलको बिचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बिचमा गरी ३ वटा पुल निर्माण प्रक्रियामा रहेका छन् ।
निर्माण भइरहेका आकाशे पुलको उचाइ ५ मिटर, लम्बाइ साढे २ मिटर र चौंडाइ ३० मिटरको हुनेछ । बनेका पुल अपाङ्गमैत्री पनि हुने आयोजनाले जनाएको छ ।साथै पुलको दुवै तर्फ सोलार बत्ती जडान भइसकेको छ भने यात्रुहरूका लागि सन्देशमूलुक सूचना प्रवाह गर्न लागि डिस्प्ले बोर्ड समेत लगाइसकिएको बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए ।
ग्रिन वेल्टबाट चढ्ने पुल
बुटवल बेलहीया सडक खण्डमा बन्दै रहेका आकाशे पुलहरू अपागंमैत्री हुन् । यी पुलहरूमा चढ्नको लागी सर्भिस लेन र मुख्य लेनको बिचको ग्रिन बेलबाट पुल चढ्न मिल्ने इन्जिनियर अधिकारीले जानकारी दिए । अपांगता भएका व्यक्तिहरू तथा ह्वीलचियरमा बसेर पनि आकाशे पुल मार्फत सडक पार गर्न सकिने उनले जानकारी दिए ।
नाला सफाइ र पानीको पाइप बिस्तार
बुटवल बेलहीया सडक खण्डमा नाला सफाइ र पानीको पाइप बिस्तार कार्य जारी रहेको छ । बुटवल तथा भैरहवा सडक छेउँमा रहेका नालीहरू सरसफाइ भइृरहेको छ भने सर्भिस रोडको साइडमा पाइप बिस्तार भइसकेको छ।
विद्युत् पोलको समस्या
बुटवल बेलहीया सडक खण्डमा पर्ने साढे ३ किलोमिटरको दुवै पट्टी नयाँ विद्युतीय पोलहरू राख्ने भएको छ । सडकमा भएका दारहरू व्यवस्थापन सहित पोलहरू राखिने आयोजनाले जानाएको छ । विद्युतीय पोल बनाउने कम्पनीहरू थोरै मात्र भएको र अर्डरको माग पु¥याउन नसकेकोले केही समय ढिलाइ भएको आयोजनाका इन्जिनियर अधिकारीले बताए । पोलहरू हरेक ४०–४० मिटरमा राख्ने आयोजनाले तयारी गरेको उनले जानकारी दिए ।