अब देशभर पुग्छ अप्टिकल फाइबर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब देशभर पुग्छ अप्टिकल फाइबर



काठमाडौं । देशभरका स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने योजनाको तयारी भइरहेको बारेमा जानकारी दिएका छन् ।

काठमाडौंमा सोमबार आयोजित सूचना प्रविधिसम्बन्धि एक कार्यशाला गोष्ठीमा बोल्दै प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसंचारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि उनले जानकारी दिए ।

दूरसञ्चार सेवालाई प्राधिकरणले गुणस्तरीय बनाउने दावी पनि गर्दै आएको छ । तर ! त्यसका लागि अझै केही समय लाग्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालले बताएका छन् ।