अनलाईनमा पोर्न भिडियो हेर्नुको कारण यस्तो ! - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अनलाईनमा पोर्न भिडियो हेर्नुको कारण यस्तो !



काठमाडौं । प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो विषय हाे, जसलाई लिएर धेरै युवायुवतीदेखि प्राैढ जान्न इच्छुक हुन्छन ।

त्यो जान्नका लागिअनलाइनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।

एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा सुधाकर कृष्णमूर्ति भन्छन्,‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको त्यसको स्वरुप मात्रै हो ।’

उनी यस्ता चिकित्सक हुन जसले एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाए। यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गडबडीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।

उनी भन्छन्,‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन् । उनीहरुले त्यसलार्इ बरुसँगै भएको र अझै नजिक छन् भन्ने मान्छन । यो किशोरहरुसँग मात्र होइन् जाेकाेहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ।’

सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ। विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ । डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।

चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।

पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्,‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’

उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी