बिहाबारदेखि फेरि अनलाइन कक्षा सुरू
काठमाडौं– स्कुले विद्यार्थीका लागि लक्षित गरी पुनः अनलाइन कक्षा सञ्चालन हुने भएको छ ।
८ साउन (बिहाबार) देखि अनलाइन कक्षा सञ्चालन हुने भएको हो । भर्ना र वार्षिक शुल्क लिन पाउनुपर्ने माग गर्दै यसअघि निजी विद्यालय सञ्चालकले लकडाउन अवधिमा सञ्चालित अनलाइन कक्षा बन्द गरेका थिए ।
तर, निजी विद्यालयहरुको संस्था प्याब्सन र एनप्याब्सन, अभिभावकहरुको संगठन तथा संस्थागत विद्यालय शिक्षक युनियनबीच अनलाइन कक्षा पुनः सञ्चालन गर्ने सहमति भएको हो ।
सरकारले भने आगामी १ भदौदेखि मात्र विद्यार्थी भर्ना लिन पाउने निर्णय गरेको छ ।