इंग्ल्यान्डसँग भारतको लज्जास्पद हार ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

इंग्ल्यान्डसँग भारतको लज्जास्पद हार !



एजेन्सी । भारतविरुद्धको दोस्रो टेष्ट खेलमा पनि इंग्ल्यान्डले जित हात पारेको छ । इंग्ल्यान्डले एकै इनिङ्समा भारतलाई १५९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टेष्ट खेलको चौथो दिन आफ्नो दोस्रो इनिङ्स थालेको भारतले सबै विकेटको क्षतिमा १३० रनमात्रै बनाएपछि इंग्ल्यान्डले शानदार जित हात पारेको हो । पहिलो इनिङ्समै २८९ रनको फराकिलो अन्तरले पछि परेको भारतले आफ्नो दोस्रो ब्याटिङ थालेको थियो ।

दोस्रो इनिङ्समा पनि भारतका कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका धारिलो बलिङसामु भारतको केही लागेन । भारतका लागि रबिचन्द्रन अश्विनले अविजित ३३ र हार्दिक पाण्ड्याले २६ रन बनाउन बाहेक अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।
इंग्ल्यान्डलाई जित दिलाउन जेम्स एन्डरसन र स्टुआर्ट ब्रोडले समान ४–४ विकेट लिए ।

यसअघि इंग्ल्यान्डले पहिलो इनिङ्समै उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेटको क्षतिमा ३९६ रन बनाएपछि आफ्नो पहिलो इनिङ्सको समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका लागि क्रिस वेक्सले अविजित १३७ रन बनाएका थिए । इंग्ल्यान्डका लागि जोनी बैरस्टोवले ९२ र साम कुरनले  ४० रन बनाएका थिए ।

भारतको लागि बलिङतर्फ मोहम्मद शामी र हार्दिक पाण्ड्याले समान ३–३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा १०७ रन मात्रै बनाएको थियो । भारतका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । वर्षाको कारण १ दिन ढिलो गरि सुरु भएको खेलमा भारत आफ्नो पहिलो इनिङ्समा लज्जास्पद ब्याटिङ गरेको थियो । भारतका लागि रविचन्द्रन अश्विनले २९ र कप्तान विराट कोहलीले २३ रन बनाएका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका जेम्स एन्डरसनले ५ विकेट लिए । पहिलो टेष्ट क्रिकेट खेलमा भारतलाई इंग्ल्यान्डले ३१ रनले पराजित गरेको थियो ।