सरकार र सिंहदरबार नै ओम्नीको कब्जामा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सरकार र सिंहदरबार नै ओम्नीको कब्जामा



काठमाडौँ– ओम्नीले ३ वर्षअघि जनक शिक्षा सामग्री केन्द्रको कागज छपाइ, निर्वाचन आयोगको सामान आपूर्ति र मतदाता परिचयपत्र बनाउने जिम्मा पाएको थियो ।

सरकारी ठेक्कामा ओम्नीका लागि यी सुरुवाती यात्रा थिए तर ओम्नीले कतै पनि चित्तबुझ्दो काम गरेको थिएन ।

जनक शिक्षाको ९० प्रतिशत ‘ह्वाइट’ भएको कागज किन्नुपर्ने सर्त भए पनि ८३ प्रतिशत मात्रै ‘ह्वाइट’ भएको कागज आपूर्ति गरेको भन्दै गुणस्तर तथा नापतौल विभागले परीक्षण गरेको थियो। त्यसपछि प्रक्रिया कहाँ पुग्यो, कसैलाई थाहा छैन।

‘ओम्नीले भने तीन वर्षदेखि झन्डै ५० करोडका दरले जनक शिक्षा सामग्री केन्द्रका लागि कागज खरिद गरिरहेको छ,’ ओम्नीका ती कर्मचारीले भने, ‘गुणस्तरको कुरा छाडिदिनुस्, तीन वर्षयता जनक शिक्षाले कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक नियमित समयमा छापिरहेको छ।’

यही बेला ओम्नीले निर्वाचन आयोगको मतपत्र छपाइ र सामान आपूर्तिको ठेक्का लिएको थियो।

तत्कालीन निर्वाचन आयुक्तहरू अयोधीप्रसाद यादव र ईला शर्मासँगको विशेष सम्बन्धका आधारमा ओम्नीले निर्वाचन आयोगबाट कार्ड छपाइको काम लिएको थियो। इलाकी जेठी छोरी साक्षी पौडेलले जागिर ओम्नीमै सुरु गरेकी थिइन्।

भारतको एक बैंकमा जागिर पाएपछि उनले ओम्नी छाडेकी थिइन्। यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।