हेटौंडाको ओम्याक्स फिल्म हलमा भिषण आगलागी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हेटौंडाको ओम्याक्स फिल्म हलमा भिषण आगलागी



हेटौँडा : प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडाको एक फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको हो ।

बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रत्यक्ष दर्शकका अनुसार फिल्म हल पूर्ण रूपमा क्षति भएको छ । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास भइरहेको छ ।