ओमानविरुद्ध नेपालको सानदार खेल : रोहितको अर्धशतक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

ओमानविरुद्ध नेपालको सानदार खेल : रोहितको अर्धशतक



काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको चौथो खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनी तीन चौका र दुई छक्काको मद्दतले ६० बलमा ५७ रन बनाएर खेलीरहेका छन् । टस हारेर नेपालले ओमान विरुद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ ।

नेपालले अहिलेसम्म पाँच विकेट गुमाएको छ। ओमानका बलरले नेपाली ब्याटस्म्यानलाई दबाबमा राखेका छन् । २७ औँ ओभरको खेल सकिँदा नेपालको खातामा १२७ रन छ ।

यसअघि अभिषेक बस्नेत ४४ बलमा १५, रित गौतम २१ बलमा १० र पवन सर्राफ ७ बलमा ५ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोरा ९ बलमा ४ तथा हरि चौहान ७ बलमा २ रन बनाएर आउट भए ।

अहिले क्रिजमा कप्तान रोहित कुमार पौडेललाई भीम शार्कीले साथ दिइरहेका छन् । शार्कीले १६ बल खेलेर १६ रन बनाएका छन् ।