ओलीसँग सहमति गरेर होटलबाट बाहिरिए नेताहरू
चितवन- पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावाली मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका निकट नेताहरु नामावलीमा सहमति गरेर बाहिरिएका छन् ।
नेताहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर अध्यक्ष ओलीलाई दिएका थिए ।
ओलीसँग छलफलपछि नेताहरु विष्णु पौडेल, इश्वर पोखरेल, शंखर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ होटल सफारीबाट बाहिर निस्किएर बन्दसत्र स्थल सेभेन स्टार होटलतर्फ लागेका छन् ।
छलफलपछि बाहिरिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,’ विभिन्न लेयरमा बसेर नेताहरुले छलफल गर्नु भएको छ । सबै विवाद टुंगियो होला । ‘
निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी एमालेको १०औं महाधिवेशनको बन्द सत्र आइतबार राति ८ बजेदेखि सुरु हुने भनिएको छ । अब केहीबेर पछि बन्दसत्र सुरु हुने बताइएको छ ।