अब के गर्छन ओली ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अब के गर्छन ओली ?



काठमाडौं । राजपा अध्यक्षमण्डलका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर संविधान संशोधन तथा रेशम चौधरीलाई शपथ खुवाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र राजपाका नेताहरूबीच संविधान संशोधनलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिए ।

महाधिवेशनको तयारीमा रहेको राजपाको राजनीतिक समिति तथा अध्यक्षमण्डलको बैठकमा समेत संविधान संशोधनबारे सरकारले के सोचिरहेछ भन्ने प्रश्न उठेपछि अध्यक्षमण्डल प्रधानमन्त्रीसँग भेट गर्न गएको हो । बैठकमा सहभागी राजपाका एक नेताका अनुसार कैलाली ३ बाट निर्वाचित रेशम चौधरीलाई जेलबाट छुटाउने तथा शपथग्रहण गराउन पनि आग्रह गरिएको छ । त्यसैगरी, प्रदेशमातहत रहने कार्यालयको विषयमा भद्रगोल भएको विषय पनि उठाएको छ ।

गोविन्द केसीका जायज माग सम्बोधन गरी लोकतान्त्रिक प्रक्रियाबाट उठाइएका माग सम्बोधन गर्न आवश्यक भएको भनाइ पनि राजपाले राखेको छ । साथै, तराईका बाढी तथा डुबानपीडितलाई राहतका लागि पुनर्निर्माण प्राधिकरण गठन गर्ने कुरामा पनि जोड दिएको छ । भेटमा प्रधानमन्त्री ओलीले सकरात्मक जवाफ दिएको नेताहरूले जानकारी दिए । नयाँपत्रिका दैनिक