ओलीले उद्घाटन गरेका गाडी मन्त्रालयद्वारा अस्वीकार - Himal Post Himal Post
  • १० बैशाख २०८२, बुधबार
  •      Wed Apr 23 2025
Logo

ओलीले उद्घाटन गरेका गाडी मन्त्रालयद्वारा अस्वीकार



काठमाडौं । नेपाल सरकारले काठमाडौं भित्र्याइसकेका पाँचवटा चिनिया विद्युतीय मिनी बस अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालकसहित नेपाल भित्र्याएको २० सिट क्षमताका गाडी अस्वीकार गरेको हो ।

प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार तोकिएको मापदण्डअनुसार गाडी नआएकाले अस्वीकार गर्ने निर्णय गरिएको हो । उक्त निर्णयको जानकारी गाडी उपलब्ध गराउने कम्पनी बीवाईडी अटो इन्ड्रस्टी कम्पनीलाई मन्त्रालयले दिएसकेको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार विद्युतीय गाडी टेन्डरमा तोकिएको स्पेसीफिकेसनअनुसार सवारी आउनुपर्नेमा नआएकाले अस्वीकार गरेको जानकारी सोमबार दिनुभएको हो ।

कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले उद्घाटन गरेको गाडी मन्त्रालयले अस्वीकार गरेपछि सार्वजनिक प्रयोजनको गाडीको भविष्य अन्योलमा परेको छ ।