सीमा विवादमा करण सिंहले देखाए मोदी र ओलीको बराबर दोष - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सीमा विवादमा करण सिंहले देखाए मोदी र ओलीको बराबर दोष



काठमाडौँ- नेपाल भारतबीच जारी सीमा विवादमा भारतीय तथा नेपाली जानकारहरूले आफ्ना विचार ब्यक्त गरिरहेका बेला नेपालसँग पारिवारिक नातासमेत रहेका भारतीय नेता तथा पूर्व प्रभावशाली केन्द्रीय मन्त्री करण सिंहले नेपालले समयमै उठाएको बिषयलाई भारतले समयमै सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् ।

भारतले आफ्नो दाबी गर्दै आएका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको आफ्नो नयाँ नक्सा र त्यसलाई निसान छापमा समेट्न गरिएको संविधान संसोधनको निर्णयले भारतलाई जस्तो भएपनि नेपाललाई पनि आगामी दिनमा फाइदा नगर्ने सिंहले बताएका छन्।

नेपाल मामिलाबारे जानकार रहेका करण सिंहले सरकारको पछिल्लो निर्णय आगामी दिनमा नेपालको पक्षमा नरहने बताएका छन्।

उनले भनेका छन्, ‘यसको असर भारतमा जेजस्तो होला, नहोला तर यसको परिणाम सुन्दर देशका नेपाली जनताको पक्षमा नहुनेमा मलाई चिन्ता छ’,

०६२/६३ को जनआन्दोलनका बेला तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत बनेर राजालाई भेट्न आएका सिंहले सोमबार जारी वक्तव्यमा भारतको समेत यसमा दोष उत्तिकै भएको जानेका छन् भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली यसमा झन् बढी दोषी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थका लागि नेपाल भारतको सम्बन्ध कहिलै नसुध्रिने बिन्दुमा पुराएको बताएका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच सयौँ वर्षदेखिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा राजनीतिक सम्बन्धलाई बिर्सेर सजिलै नसुल्झने विवादतर्फ धकेलेको सिंहको भनाइ छ। उनले दुई देशबीच अहिले देखिएको परिस्थिति आउन दिनै नहुने भन्दै भारतलाई संकेत गर्दै विवाद हुँदाहुँदै पनि समाधानका लागि पहल नभएको बताएका छन्।

‘यदि म सत्य छु भने नेपालले गत नोभेम्बरमै यो विषय उठाएको थियो। तर हामीले यो विषयलाई गम्भीरतापूर्वक लिएनौँ। हामीले तत्कालै विदेश सचिवस्तरमा वार्ता सुरु गरेको भए हुन्थ्यो वा आवश्यक परेको भए परराष्ट्रमन्त्रीस्तर वा प्रधानमन्त्रीस्तरमा वार्ता गरेको भए हुन्थ्यो। दुई देशबीचको कुटनीतिक असफलताको परिणाम आज यसरी देखिएको छ’, उनले भनेका छन्।