नयाँ नक्सा छापिएपछि केपी ओलीले नै रोक्न निर्देशन दिएको खुलासा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नयाँ नक्सा छापिएपछि केपी ओलीले नै रोक्न निर्देशन दिएको खुलासा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका विद्यालय तहका पाठ्यसामग्री बिक्री/वितरणमा रोक लगाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीले किताब रोक्न निर्देशन दिएको आफूहरूले त्यस्ता पाठ्यसामग्री रोकिसकेको जानकारी दिएका हुन्।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन्।

‘किताब वितरणलाई प्रधानमन्त्रीले रोक्नुस् भन्नुभयो। हामीले रोकिसकेका छौं। परराष्ट्र, भूमि र शिक्षामन्त्रीले बैठक गरेर रिपोर्ट गर्न भन्नु भएको छ। हामी छलफल गरेर प्रधानमन्त्रीलाई रिपोर्ट गर्छौं,’ मन्त्री पोखरेलले भने।

भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। नयाँ नक्साअनुसार संविधानमा संशोधन समेत भइसकेको छ।