मन्त्री र सचिवहरुलाई ओलीले निर्देशन दिने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई संयुक्त निर्देशन दिने तयारी गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई बैठकमा बोलाएर संयुक्त निर्देशन दिन लागेका हुन्। बैठकमा सबै मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई उपस्थित हुन निर्देशन जारी गरिएको छ।
नयाँ सरकारप्रति जनतामा धेरै अपेक्षा रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई सोही अनुसार कार्यसम्पादन गर्न निर्देशन दिन लागेका हुन्।
मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्रीले चुनावको समय गरिएको घोषणाहरुलाई कार्यान्वयनमा लैजाने तयारी थालेको बालुवाटार स्रोतले बतायो।