माइकले सभामुखको टाउको फुटाउने योजनाबारे ओलीले मुख खोले
काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले माइकले सभामुखको टाउको फुटाउने योजनाबारे मुख खोलेका छन् । अघिल्लो संसद बैठकमा एमालेकी सांसद रेखा झाले सभामुख अग्निप्रसाद सापकोटाको ताउओ फुटाउने योजना रहेको बताएकी थिइन् ।
सांसद झाको उक्त अभिव्यक्ति विवादित बनेपछि ओलीले यसबारे मुख खोलेका हुन् । ओलीले यसअघिको संसद् बैठकमा सभामुखलाई माइकले हान्ने योजना आफ्नो पार्टीको नरहेको स्पष्टीकरण पनि दिएका छन् ।
एमालेकी सांसद रेखाकुमारी झाले गृहमन्त्रीको टेबलको माइक तानेर सभामुखलाई हान्न खोजेको बताएकी थिइन् । उनले संसद् बैठकमा अवरोध कायमै राख्न सांसदहरुलाई निर्देशन दिएका छन् । आज संसदीय दलको बैठक डाकेर ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउने उदेश्यले राखेर षडयन्त्र गरेको भन्दै संसद् बैठक अवरोध गर्न निर्देशन दिएका हुन् ।
‘संसद् बैठक अवरोध जारी राख्नुस,’ सांसदलाई निर्देशन दिँदै ओलीले भने । त्यस्तै ओलीले संसद्भित्र संसदीय मान्यतामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका छन् ।
“संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔँ,” उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, “मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनेँ । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नुहुँदैन । काँध चढेर माथि नजानुहोला ।”
उनले आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको पनि बताए । आइतबार बसेको संसदीय दलको बैठकमा उने यस्तो निर्दीशन दिएका हुन् ।
यस्तै ओलीले आफैँले बनाएको कानुन मिच्न मिल्छ ? भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।
आज एमाले संसदीय दलको बैठकमा उनले भने, “सभामुखले आफैँले बनाएको कानुन मिच्न मिल्छ कि मिल्दैन ?”ओलीले एमाले विभाजनका लागि सभामुखको षड्यन्त्रपूर्वक संलाग्नता रहेको आरोप लगाए ।
“नेकपा (एमाले) विभाजन गराउने कुरामा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखियो । कानुनविपरीत संलग्नता देखियो,” उनले भने ।