प्रचण्डले कम्युनिस्ट समाप्त पार्न कसम खाएका छन्: केपी ओली - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्डले कम्युनिस्ट समाप्त पार्न कसम खाएका छन्: केपी ओली



काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दाबी गरेका छन्। बुधबार बालकोटमा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य छिमी दोर्ची लामासहितको टोलीलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका छन्।

ओलीले प्रचण्ड समूहको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुने टिप्पणी गरे। नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गरेकोमा नवप्रवेशीलाई धन्यवाद दिँदै ओलीले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ। हेर्दै जानुहोला- त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ।’

नेता लामाको नेतृत्वमा माओवादी केन्द्रका प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायतका नेताहरु पार्टी प्रवेश गरेको एमालेले जनाएको छ।