प्रधानमन्त्रीले किन बोलाए विदाका दिन आकस्मिक मन्त्रिपरिषद बैठक ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबारका लागि उनले आकस्मिक बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास वालाुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । पर्सी सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ ।
पछिल्ला घटनाक्रमले राजनीतिक माहोल तातिरहेका बेला बोलाइएको मन्त्रिपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ । विदाका दिन आकस्मिक बैठक बोलाएपछि यसलाई महत्वका साथ हेरिएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा विश्वासको मत दिन गरेको आग्रह विपक्षी दलहरुले इन्कार गरेपछि अबको रणनीति, सरकारको कार्यदिशा लगायत विषयमा छलफल हुने बताइएको छ ।