ओलीले मध्यरातमा किन भेटिरहेका छन् प्रधानन्यायाधीश र विदेशी दूतलाई ? - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ओलीले मध्यरातमा किन भेटिरहेका छन् प्रधानन्यायाधीश र विदेशी दूतलाई ?



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवासमै बोलाउने गरेको र विदेशी दूतले पटकपटक भेट्ने गरेको बताएका छन् ।

डा. भट्टराईले खिलराज रेग्मी प्रकरण दोहोरिन नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र प्रधानमन्त्री ओलीबीच मध्यरातमा भएको भेटलाई लिएर यस्तो बताएका हुन्।सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले मंगलवार बिहान उनले यस्ता घटना लोकतन्त्रका लागि अशुभ रहेको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् ।’