ओलीले आज के देलान जवाफ ? - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

ओलीले आज के देलान जवाफ ?



काठमाडौँ – नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्‍दैछ । ललितपुरस्‍थित तुल्‍सिलाल स्‍मृति प्रतिष्‍ठानमा आज बिहान ११ बजे बस्‍ने बैठकमा राजनीतिक, सांगठानिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि अध्यक्ष केपी ओलीले जवाफ दिने एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनकाअनुसार शनिबार तीनवटा प्रतिवेदनमााथि समूहगत रूपमा आएका निष्कर्षहरू प्रस्तुत गरिएको थियो । आज ओलीले ती प्रतिवेदनमा आएका प्रस्‍तावमाथि जवाफ दिने छन् ।

समूहगत छलफलबाट पार्टीलाई समावेशी चरित्रको बनाउनुपर्ने, निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने, पहिलेकोभन्दा राम्रो परिणाम ल्याउनुपर्नेलगाएत सुझाव आएको उनले बताए ।

त्यस्तै प्रदेश र केन्द्र चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्नपर्नेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।