पत्रकार सम्मेलनमै ओलीले झुट बोलेपछि... - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पत्रकार सम्मेलनमै ओलीले झुट बोलेपछि…



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनमै झुट बोलेका छन् । सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले कुनै पनि दल फुटाउन आफूले अध्यादेश नल्याएको बताएका छन् ।

आफूले ल्याएको अध्यादेशको बचाउ गर्दै उनले अहिलेको सरकारले दल फुटाउन धोकापूर्ण ढंगले अध्यादेश ल्याएको आरोप लगाएका छन्। चलिरहेको संसद् अधिवेशन अचानक १२ बजे राति अन्त्य गरेर अध्यादेश ल्याइनु धोकापूर्ण भएको उनले बताए।

‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो। १२ बजे अन्त्य गर्ने र भोलिपल्ट बिहान अध्यादेश ल्याउने काम मेरो सरकारले गरेको थिएन,’ च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सांसदलाई दिएको अधिकार व्यावहारिक ढंगले हल गर्न अध्यादेश ल्याएको थिएँ।’

कुनै पार्टी विशेषलाई फुटाउने ढंगले आफूले अध्यादेश जारी नगरेको उनले दाबी गरे। ‘कुनै पार्टीभित्र असाधारण अवस्था थिएन। कुनै पनि पार्टी फुट उन्मुख थिएन। हामीले दल र संसद् भनेका थियौं। त्यो हुँदा के अप्ठ्यारो भयो भयो नेताले चाह्यो भने डेढ सयलाई १५ सय बनाइदिएपछि कसरी विभाजन हुन्छ?’

ओलीले भने, ‘त्यसैले अमूर्त बनाउनुहुँदैन भनेर वा राखिएको थियो। सांसदको स्वतन्त्रको अधिकारको व्यावहारिक कार्यान्वयनका लागि अध्यादेश ल्याइएको थियो। अहिले त्यस्तो स्थिति हो र? १२ बजे राति अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ।’

ओलीले आफ्नो सरकारले दल फुटाउन अध्यादेश नल्याएको दाबी गरे पनि त्यतिबेला समाजवादी पार्टी विभाजनका लागि अध्यादेश ल्याइएको भनेर चर्चा भएको थियो। ओलीनिकटका नेताहरुले समेत सार्वजनिक रुपमा त्यसलाई स्वीकार गरिसकेका छन्।