बहुमत सचिवालय सदस्यलाई प्रधानमन्त्रीले झपारेर पठाए - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बहुमत सचिवालय सदस्यलाई प्रधानमन्त्रीले झपारेर पठाए



काठमाडौं । नेकपा सचिवालय बैठक बोलाउन आग्रह गर्न वालुवाटार पुगेका बहुमत सचिवालय सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झपारेर पठाएका छन् ।

बिहान बालुवाटार पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच केहीबेर चर्काचर्की नै परेको स्रोतले बताएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो । उनका अनुसार प्रधानमन्त्री ओलीले ‘जसले जे मन लाग्छ त्यहि गर्दै हिँडे भयो त किन चाहियो बेला न कुबेला बैठक ?’ भन्दै झर्किएका थिए ।

ओलीको भनाई उद्धृत गर्दै एक नेताले धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको र आफ्नाविरुद्ध जे पनि गर्न तयार भएकाले बैठकको आवस्यकता नभएको बताएका थिए ।

पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।