प्रधानमन्त्री ओलीले गम्भीर षड्यन्त्र गरेको खुलासा
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीले गरेको गम्भीर षड्यन्त्र गरेको खुलासा भएको छ ।
नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी दर्ता गरेको खुलासा गरेका छन् ।
उपाध्यक्ष गौतमले मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीको योजनामा पूर्व (एमाले) ब्यूँताउन लागिएको बताएका हुन् ।
आयोगमा आइतबार नेकपा (एमाले) नामको पार्टी दर्ता गर्न आवेदन परेको थियो । झापाकी सन्ध्या तिवारीले सो आवेदन दिएकी थिइन् ।
सो विषयमा नेकपाको मंगलबारको स्थायी समिति बैठकमा चर्को विवाद भएको छ । नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै यस विषयमा छानबिन गर्न समेत माग गरेका छन् ।
‘प्रधानमन्त्री ओलीकै नजिकका मान्छेहरु गएर एमाले दर्ता गराउन आवेदन दिएका रहेछन्,’ उपाध्यक्ष गौतमले बैठकमा भने, ‘उहाँकै योजनामा एमाले ब्युँताउन दल दर्ता गराउन आवेदन दिएका हुन् । म प्रमाण दिनसक्छु, पार्टीले छानबिन गरोस् ।’
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ओलीकै इशारामा एमाले दर्ताको आवेदन दिइएको बताएका थिए ।
‘तपाईंको कानुन विज्ञले माथिको आदेश भन्दै एमाले पार्टी दर्ता गरेका हुन्,’ प्रचण्डले भनेका थिए ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले एमाले पार्टी दर्ता गराउने ओलीको षड्यन्त्र भएको बताएका छन् ।
‘यो आश्चर्यको कुरा भयो । पार्टी फुटाउने प्रधानमन्त्रीको षड्यन्त्रपूर्ण काम हो । पार्टी फुटाउनका लागि यस्तो भएको हो’, खनालले भने ।