विवाद झनै चर्कियो: ओलीले एकलौटी स्थगित गरे बैठक, प्रचण्ड-नेपाल रुष्ट - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

विवाद झनै चर्कियो: ओलीले एकलौटी स्थगित गरे बैठक, प्रचण्ड-नेपाल रुष्ट



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेपछि नेताहरूबीच झनै दुरी बढ्ने देखिएको हो ।

बैठक रोकेकोमा आपत्ती जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले बैठक गरेरै छोड्ने तयारी गरेको छ।

आवश्यक छलफल नसकिएको भन्दै एकतर्फी बैठक रोकेपछि प्रचण्ड–नेपाल समूहले बैठक बस्ने जनाएको छ। नेपाल समूहका एक नेताले स्थायी कमिटी बैठक बस्ने जानकारी गराए।