कोरोना बढेपछि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । कोरोना जोखिम बढिरहेका बेला बोलाइएको बैठकले विशेष निर्णय गर्ने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले गरेका विभिन्न सिफारिसबारे छलफल हुने स्रोतले जानकारी दियो ।
शनिबार बसेको सीसीएमसीको बैठकले शैक्षिक संस्था तीन साता बन्द गर्नुपर्नेलगायतका ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण बढेको भन्दै ११ बुँदे प्रस्ताव तयार पारेको हो ।