अन्तिम समयमा प्रधानमन्त्रीले डाके नेपाल समुहलाई - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

अन्तिम समयमा प्रधानमन्त्रीले डाके नेपाल समुहलाई



काठमाडौं- अन्तिम समयमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलबाट समाधान गर्न सकिने भन्दै असन्तुष्ट समुहलाई डाकेका छन् ।

उनले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने बताएका हुन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ट्वीट गर्दै खनाल–नेपाल समूहलाई छलफल गरेर समाधान गर्न आग्रह गरेका छन् ।

उनले ट्विटमा लेखेका छन्, “यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ ।”

खनाल–नेपाल समूहले आजको संसद बैठकमा नजाने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएपछि ओली स्वतः अल्पमतमा पर्ने भएका छन् ।