ओलीले डाके आकस्मिक स्थायी कमिटि बैठक: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

ओलीले डाके आकस्मिक स्थायी कमिटि बैठक: यस्ता छन् एजेण्डा



काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटि बैठक बोलाइएको बताइएको छ ।

एकातिर प्रधानमन्त्री की शर्मा ओलीले विश्वासको मत लिनको लागि संसद अधिवेशन बोलाएका छन् भने अर्कातिर बाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी छ ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार यिनै बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बाग्मती प्रदेशमा जेठ ६ गते उप निर्वाचन हुँदै छ।

यसअघि बैशाख १० गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उप निर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने बताएका थिए। आजको बैठकले यो विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

यस्तै बैठकले एमाले वरिष्ठ नेता माधव नेपाल समुहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने देखिएकाले उनीहरूलाई गरिने कारबाहीबारे समेत बैठकमा छलफल हुने बताईएको छ ।

यसका साथै पछिल्लो राजनीति घटनाक्रम र कोभिड १९ को रोकथाम र नियन्त्रणका विषयमा चाल्नुपर्ने थप प्रभावकारी कदमका बारेमा पनि बैठकमा छलफल हुने नेता नेम्वाङले बताए।