अविश्वास प्रस्ताव दर्ताको तयारी: सुचना पाएपछि ओलीले डाके आकस्मिक बैठक - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

अविश्वास प्रस्ताव दर्ताको तयारी: सुचना पाएपछि ओलीले डाके आकस्मिक बैठक



काठमाडौँ- नेपाली कांग्रेस र जनता नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।

माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी बालुवाटारमा पुगेपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका छन् ।

उनले अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गर्दै आफू विरोधी समानुपातिकतर्फका सांसदहरूलाई हटाउने निर्णय लिन सक्ने बालुवाटार स्रोतले बताएको छ ।

एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

जसपा दूइ भागमा विभाजित छ भने माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्था छैन ।