प्रधानमन्त्री ओलीले डाके आकस्मिक बैठक - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

प्रधानमन्त्री ओलीले डाके आकस्मिक बैठक



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका छन् । उनले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

उनले आकस्मिक बैठक किन बोलाए भन्ने खुलेको छैन । अघिल्लो साता केन्द्र तथा प्रदेशका गरी माधवकुमार नेपालसहित उनको समुहका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल आकस्मिक बैठकमा छलफल हुनसक्ने बताइएको छ ।

बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ ।