महाधिवेशनको मुखमा ओलीले बोलाए स्थायी कमिटी बैठक
काठमाडौं : महाधिवेशनको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज सोमबार बैठक बस्दैछ।
बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ। आजको बैठकले मनोनयनका लागि नाम प्रस्ताव गर्ने र अर्को बैठकले मनोनयन टुंग्याउने छ।
एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था छ। जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने छ।