ओलीले डाके केन्द्रीय कमिटी बैठक: २२ जना सांसदलाई कारबाही गर्ने संकेत - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

ओलीले डाके केन्द्रीय कमिटी बैठक: २२ जना सांसदलाई कारबाही गर्ने संकेत



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार बिहान ११ बजे अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको जानकारी दिए ।

आजको बैठकमा यसअघि स्थायी कमिटीमा बाहेक छलफल र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । यसअघि ओली एमालेको बैठकले सर्वोच्च अदालतको आदेशविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको थियो । यसबाहेक पार्टी एकताका बिषयमा समेत छलफल हुनेछ ।

आजको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई कारबाही गर्ने सम्भावना देखिएको छ। देउवाले विश्वासको मत लिने लाग्दा ओलीले बैठक डाकेर मत दिनेहरू एमालेमा नरहने बताएका थिए ।