ओलीले डाके एमाले स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओलीले डाके एमाले स्थायी कमिटी बैठक



काठमाडौं- आइतबार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक सोमबार अपरान्ह बस्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ५ बजे बस्ने गरी नेकपा स्थायी कमिटी बैठक बोलाएका हुन्।

यसअघि आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। एमाले उच्च स्रोतका अनुसार पार्टी एकता कार्यदलले तयार पारेको मस्यौदामा सहमति नभएपछि बैठक स्थगित भएको थियो।

लामो समयदेखिको पार्टी विवाद समाधानका लागि गठन भएको कार्यदलले आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो। उक्त सहमतिलाई स्थायी कमिटी बैठकले अनुमोदन गर्ने तयारी रहेको जनाइएको छ।

यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने १० बुँदे सहमतिमा असन्तुष्टि जनाएको छ।