ओलीले फेरि बोलाए स्थायी कमिटी बैठक: यस्ता छन् एजेण्डा
काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने बताइएको छ । मंगलबार भएको बैठकमा एमालेको एकता बचाउन अन्तिमसम्म पहल गने निर्णय भएको थियो ।
त्यतिमात्र होइन माधव नेपालसहितका केहि नेता उनीहरूका माग पुरा गरेपनि एमालेमा नफर्कने बैठकले निष्कर्ष निकालेको थियो। आज बोलाइएको बैठकमा भने पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा समिक्षा गरिने बताइएको छ ।
एक नेताका अनुसार माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका अन्य नेताहरूलाई समेटेर पार्टीलाई कसरी अगाडी बढाउने भन्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ।