प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटिको आकस्मिक बाथक बोलेका छन् । बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।

यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई कारबाही अगाडी बढाएको थियो ।

उनीहरूलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन समय दिइएको थियो । बैठकमा उनीहरूमाथि कारबाहीबारे छलफल हुनसक्ने बताईएको छ । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिने बताइएको छ ।

त्यसबाहेक बैठकको एजेण्डामा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।