ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको बताइएको छ । संसद विघटन गरेपछिको राजनीतिक रणनीतिका बारेमा छलफल गरिने बताइएको छ ।

यसबाहेक राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ । ओलीले माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको संकेत गरेका छन् ।