प्रधानमन्त्रीले स्थायी कमिटीका प्रभावशाली नेताहरूलाई बालुवाटार बोलाए - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रधानमन्त्रीले स्थायी कमिटीका प्रभावशाली नेताहरूलाई बालुवाटार बोलाए



काठमाडौं – नेकपामा विवाद चर्किएकै बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यहरूलाई एकाएक बालुवाटार बोलाएका छन् ।

स्रोतका अनुसार जनार्दन शर्मा, गोकर्ण विष्ट, टोमबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा लगायत केहि स्थायी कमिटि सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन् ।

पार्टीका अध्यक्षद्वय विवाद मिलाउन लगातार बैठक बसिरहेका छन् । यस्तो अवस्थामा स्थायी कमिटिका प्रभावशाली नेताहरूलाई बोलाएर छलफल गर्नुलाई चासोको दृष्टिले हेरिएको छ । बुधबार पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

लामो समयदेखि नेकपाभित्र विवाद चर्किएको छ । पार्टीमा प्रधानमन्त्री ओलीको राजिनामा माग्नेको बहुमत छ ।