ओलीले किन बोलाए संसदीय दलको बैठक - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीले किन बोलाए संसदीय दलको बैठक



काठमाडौं– नेकपा एमालेलका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आज (आइतबार)को संसद्अघि बोलाइएको बैठक दिउँसो १२ बजे बस्दै छ। एमालेले पाँच दिनको अन्तरमा दोस्रो पटक बैठक बोलाएको हो।

सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शनिबार सम्पन्न स्थायी कमिटीले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।

आजको बैठकमा संसद्मा नेकपा एमालेको भूमिका तथा पछिल्ला घटनाक्रम र विषयवस्तुबारे थप स्पष्ट पारिने भट्टराईले बताए। एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा उनले भने सदनको कारबाहीलाई अगाडि बढाएका छन्।

शुक्रबार मात्रै एमालेको अवरोधका बीच बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो।