नेकपाका ४ शीर्ष नेतालाई ओलीले छलफलका लागि बोलाए
काठमाडौं- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका चार शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।
बिहीबार बिहान सवा १२ बजेबाट सुरु भएको बैठक पार्टीका अध्यक्षद्वय प्रचण्ड र ओलीबीच संवादका लागि भन्दै स्थगित गरिएको छ ।
अध्यक्षद्वयको छलफलअघि ओलीले अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई बोलाएका हुन् । बैठकमा महासचिव विष्णु पौडेललाई पनि ओलीले सहभागी गराएका छन् ।
सुरुमा पाँचजना शीर्ष नेता बसिरहेको भएपनि केही समयपछि महासचिव पौडेल बैठक कक्षमा प्रवेश गरेका छन् ।