ओलीले भने राष्ट्रपतिमाथि आक्रमण भयो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ओलीले भने राष्ट्रपतिमाथि आक्रमण भयो



कामठाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्न नदिएपछि संसद्मा विरोध भएको छ ।

आईतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । उनले सम्बोधनका क्रममा राष्ट्रपतिमाथि आक्रमण भएको बताए । ‘गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गण्तन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझी रहेका छैनौँ ? विवादमा ल्याइएको शीतल निवास सम्बन्धी हरेक निर्णय सरकारले गर्छ, राष्ट्रपति संस्थाले हैन। यस संस्थाको गरिमाकालागि राज्यबाट गरिने व्यवस्थामा अनावश्यक ढोँग वा दरिद्रता प्रदर्शन गरिरहनु पनि आवश्यक छैन,’ प्रधानमन्त्रीले भने ।

प्रहरी तालिम केन्द्र सम्बन्धी निर्णय पनि अहिलेको नभएई धेरै अघिको भएको बताए। त्यस्तै सबै सांसदमाथि पनि हमला भएको बताए । सबैलाई खबरा देखाउन खोजिएको उनको आरोप थियो ।

प्रधानमन्त्रीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिए ।

उनले मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता रु एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको र व्यापार घाटा १ दशमलव ५ प्रतिशत घटेको पनि बताए । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक र प्रभावकारी भई आर्थिक विकासमा ऐक्यबद्ध भई अघि बढ्न पनि आग्रह समेत गरे ।

प्रधानमन्त्री सम्बोधनका क्रममा वाइडबडीका विषयमा भने केही बोलेनन् । निर्मलाका हत्यारालाई कानुनको दायरमा ल्याइने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बोलीसकेपछि विपक्ष दलका सांसदहरुले प्रश्न गर्न खोजेका थिए । तर प्रधानमन्त्रीलाई प्रश्न गर्न दिइएन् । त्यसपछि नेपाली कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।