प्रधानमन्त्री ओलीले भने: अलोकतान्त्रिक प्रणालीबाट देश सञ्चालन गर्न खोजियो
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित बनाएर देशलाई अलोकतान्त्रिक प्रणालीमा लैजान खोजिएको बताएका छन् ।
उनले राजनीतिलाई पथभ्रष्ट बनाउन र अलोकतान्त्रिक प्रणालीबाट देशको सञ्चालन गर्न खोजिएको आरोप समेत लगाएका छन् ।
आइतबार बालुवाटारमा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले गरेको अन्तर्क्रिया उनले लोकतान्त्रिक बाटोबाट हिँड्नुको सट्टा राजनीतिलाई पथभ्रष्ट बनाउन र अलोकतान्त्रिक प्रणालीबाट देशको सञ्चालन गर्न खोजिएको बताएका हुन् ।
उनले भने, ‘अलोकतान्त्रिक प्रणालीबाट देशको सञ्चालन र छिनोफानो हुनुपर्छ भन्ने सोचविरुद्ध सरकार लडिरहेको छ।’