प्रधानमन्त्री ओलीले भने: आफ्नै पार्टीका नेताहरू बिक्री भएपछि केहि लागेन - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

प्रधानमन्त्री ओलीले भने: आफ्नै पार्टीका नेताहरू बिक्री भएपछि केहि लागेन



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेताहरू बिक्रि भएको आरोप लगाएका छन् । उनले आफ्नै पार्टीका नेता बिक्री भएको आरोप उँदै उनीहरू आन्दोलन सिध्याउन लागिपरेको बताए ।

ओलीले भने, ‘हिजोमात्रै पनि एमालेका नेताहरूले तमासा देखाए, सबैले देखियो जुन दलसँग प्रतिष्पर्धा गरियो र गर्नुपर्नेछ उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासन तोड्ने काम भयो ।’

उनले अगाडी थपे, ‘यस विषयमा पार्टी निर्णय गरिरहनुपर्दैन । यो बुझेको कुरा हो । जब नेता बिक्छ जब पतित हुन्छ तब आन्दोलनलाई सिध्याउन उद्धत हुन्छन् । त्यही भएको छ।’