ओलीले भने: राष्ट्रिय सभाको चुनावमा हाम्रो हार हुन्छ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ओलीले भने: राष्ट्रिय सभाको चुनावमा हाम्रो हार हुन्छ



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राष्ट्रिय सभाको निर्वाचनमा हार बेहोर्ने स्वीकार गरेका छन् । विभिन्न जिल्लाको अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै ओलीले राष्ट्रिय सभामा आफ्नो अनुकुल नआउने स्वीकार गरेका छन् ।

उनले यो आजको जनमत नभएको र विभिन्न शक्तिहरूले दुरुपयोग गरेका कारण राष्ट्रिय सभाको निर्वाचन हारिने बताएका छन् । उनले यो जनताको शक्ति नभएकाले पनि आफूहरूले हार्ने निश्चित भएको बताए ।

यस्तै उनले अहिलेको सत्ता गठबन्धन अपवित्र र प्रतिगामी भएको बताएका छन् । उनले यो गठबन्धन धेरै नटिक्ने पनि ठोकुवा गरेका छन् ।