कारबाही भएका नेताहरुलाई आयोगले सनाखत गर्न मिल्दैन: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन् ।
ललितपुरको तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टीमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका हुन्। उक्त कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताएका छन् । ओलीका तर्फबाट तयार पारिएको अपिल प्रवक्ता प्रदिप ज्ञवालीले पढेर सुनाएका थिए ।