ओलीले अस्वीकार गरे देउवाको प्रस्ताव
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् ।
ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्वीकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषदको बैठकपछि कार्कीले सरकारको प्रस्ताव ओलीले अस्वीकार गरेको बताएका थिए । केही दिनअघि प्रधानमन्त्री देउवाको संदेश लिएर कार्की प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न बालकोट पुगेका थिए।
ओलीसँगको भेटलाई लिएर विभिन्न खाले चर्चा चलिरहेका बेला कार्कीले यस्तो बताएका हुन् । एमसीसी पास गर्नेदेखि नयाँ गठबन्धन बनाउने सम्भावनाका लागि देउवाले ओलीलाई भेट्न पठाएको अहिले पनि चर्चा छ ।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले २३ भदौदेखि सुचारु हुने संसदको अधिवेशन र आफूहरू प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए। कार्कीले मन्त्रिपरिषदले चाँडै नै पूर्णता पाउने पनि बताए।
यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
रकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।
त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ। उनकाअनुसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि (मंगलबार) ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ।
बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। अन्तर्राष्ट्रिय विकास क्षेत्रबाट विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने रु ५ अर्ब ५४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि सुधारका लागि ५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्य मुलुकमा सहभागी हुने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
दार्चुलाको ब्यास गाउँपालिकास्थित छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र शसस्त्र प्रहरी भवनका लागि ८ हजार ५०० सय क्यूफिट सल्लो प्रजातिको काठ संकलन गरि स्वीकृत प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बजेटका सम्बन्धमा भेटेर नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव गरेकोमा अस्वीकार गरेको कार्कीले जानकारी दिए। २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए।
मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताए।