ओलीलाई संकेत गर्दै प्रचण्डले भने- हामीले एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौँ
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर प्रधानमन्त्री बनाएको चर्चा गरेका छन् । उनले भारतीय नेताले भनेको प्रसङ्ग उप्काउँदै नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।
भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए ।
त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नोपलमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् । लामो समयदेखि एउटै मञ्चमा नदेखिएका नेताहरू ओली प्रचण्ड र नेपाल संगै भएको कार्यक्रममा उनले ओलीलाई संकेत गर्दै एउटाले अर्कोलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग बताएका थिए ।