ओलीलाई असफल बनाउँदै पर्यटनमन्त्री अधिकारी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ओलीलाई असफल बनाउँदै पर्यटनमन्त्री अधिकारी



काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा कम गर्न इन्धन आयात प्रतिस्थापन गर्नको लागि विद्युतिय सवारी साधन प्रयोगकर्तालाई प्राथमिकता दिने नीति लिएको छ । तर सरकारको यो नीति लागू गराउन कर्मचारीतन्त्र नै बाधक देखिएको छ ।

सरकारले विद्युतिय सवारीलाई प्राथमिकता दिने भने पनि कर्मचारीले कमिसन नपाउने भएपछि त्यसलाई असफल पार्ने खेलमा मन्त्रालयका कर्मचारी लागिसकेका छन् । लुम्बिनीमा संचालन गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा २०७५ कात्तिकमा ल्याइएका ५ वटा विद्युतिया बस साझा यातायातको ग्यारेजमा थन्किएका छन् । विद्युतिय बसको बडो उत्साहका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

लुम्बिनीमा तत्काल चार्जि स्टेसन नभएको कारण साझा यातायातलाई ती बस संचालन गर्न दिइएको थियो । लुम्बिनीमा संचालन गर्न ल्याइएका ती बस सोझै खरिद गरिएका कारण कमिसन नपाएपछि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीहरुले बस स्पेसिफिकेसन अनुसार नभएको भनी संचालन अनुमति नै रोकेका छन् । आजको दृष्टि साप्ताहिकबाट ।