प्रम ओलीलाई वाइडबडी विमान खरिदमा ६ अर्ब रकम खाएको आरोप - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

प्रम ओलीलाई वाइडबडी विमान खरिदमा ६ अर्ब रकम खाएको आरोप



काठमाडौँ– कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीले वाइडबडी विमान खरिदमा ६ अर्ब रकम खाएको आरोप लगाएका छन् ।

मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सिंहले वाइडबडी खरिमा ६ अर्बभन्दा बढी भ्रष्टाचार भएको र सो रकम प्रधानमन्त्री ओलीको हातमा परेको जिकिर गरे । सिंहले नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज खरिद गर्दा खरिद ऐनको प्रावधान लत्याइएको बताए । एयर बससँग सिधै जहाज किन्नुपर्नेमा नक्कली कम्पनी खडा गरेर जहाज किनिएको आरोप उनले लगाए । एक डलरको कम्पनीसँग जहाज खरिद सम्झौता गरिएबाटै त्यसमा भ्रष्टाचार भएको प्रमाणित हुने तर्क सिंहको थियो ।

‘भ्रष्टाचार गर्नकै लागि दर्तै नभएको एक डलरको कम्पनीसँग जहाज खरिद सम्झौता गरियो’, सिंहले भने, ‘खरिद ऐन पालना गरिएन । भ्रष्टाचारको ६ अर्ब प्रधानमन्त्री केपी ओली र नेकपाको सरकारले खाएको छ ।’ यस्तै उनले कम्पनीले उत्पादन बन्द गरेका जहाज किनेर सेटिङमा भ्रष्टाचार भएको समेत आरोप लगाए ।